काठमाडौं, मंसिर ११ः नेपाल प्रहरीकाे प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवर चयन भएका छन् । एसएसपी कुँवरलाई प्रहरी प्रधान कार्यालयले बिहीबार प्रवक्तामा चयन गरेकाे हो ।
यसअघिका प्रहरी प्रवक्ता कुवेर कडायत प्रहरी युक्ति तालिम महाविद्यालय (जर्गाह, नवलपरासी) सरुवा भएका छन् ।