नेपाल नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै

| 2024 Feb 28 | 11:35 am 1649

काठमाडौँ १६ फागुन । नेपालले त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दै छ। टियु मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। योसँगै नेदरल्याण्डसले पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिनुभएको हो ।

आगामी जुनमा हुने आईसिसी टी–२० विश्वकप क्रिकेटको तयारीको रुपमा लिईएको यस सिरिजको पहिलो खेलमा मङ्गलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबिच टी–२० मा हालसम्म नौ खेल भएका छन् । जसमा दुवै टोलीले चार चार खेल जितेका छन् । एक खेल वर्षाको कारण रद्द भएको थियो

नेदरल्यान्ड्सविरुद्ध आज नेपालले ललितनारायाण राजवंशी र प्रतिश जिसीलाई मौका दिइएको छ । नामिबियाविरुद्ध अघिल्दो खेलमा रहनुभएका अविनाश बोहरा र विवेककुमार यादवलाई आराम दिईएको छ ।

नेपाली प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी र प्रतिस जिसी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.