नेपाल धार्मिक र सांस्कृतिक उपनिवेश बनाइँदैछ : अध्यक्ष पशुपति शम्शेर

रिपोर्ट नेपाल | 2018 Nov 30 | 06:15 pm 2108

काठमाडौं, मंसिर १४ : राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले नेपाल सरकारको प्रत्यक्ष तथा परोक्ष संरक्षण तथा सहभागितामा भएको एसिया प्यासिफिक समिटका कारण नेपाल धार्मिक तथा सांस्कृतिक उपनिवेशमा परिणत हुने खतरा बढेको बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष राणाले अनेक आवरणमा काठमाडौंमा जारी क्रिश्चियन धर्म सम्मेलनप्रति राप्रपा (प्रजातान्त्रिक) को गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले सम्मेलनका देखाउने एजेण्डा जलवायु’ परिवर्तन भनिएपनि यसको सार पक्ष नेपालमा क्रिश्चियन धर्मको विस्तार एवं सम्बद्र्धन गर्ने रहेको तथ्य दिनको घाम जत्तिकै प्रष्ट भएको उनले विज्ञप्तिमा जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.