काठमाडाैं, असोज २४ । इजरायलमा भएको हमासको आतंककारी आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि त्रासदी पूर्ण रहेका नेपालीहरुलाई लिन नेपाल बायुसेवा निगमको जहाज आज राती त्यसतर्फ जाने भएको छ । दुवई ट्रान्जिट भएर युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरुको उद्दारका लागी नेपाल सरकारले उक्त जहाज पठाउन लागेको हो ।
इजरायल स्थित नेपाली राजदुतावासले नेपाल फर्कन चाहनेहरुको लागि अनलाईन मार्फत नाम मागेकोमा २०० भन्दा बढीले आवेदन दिएको परराष्ट्र मन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीले जानकारी दिएका छन् ।