काठमाडौं, माघ १०: लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका नेपाल एयरलाइन्सका अधिकांश नेपाली पाइलट तथा को–पाइलटले राजीनामा दिएका छन्। बिहीबार साँझ व्यवस्थापन समक्ष उनीहरूले राजीनामा बुझाएका हुन्।
नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन्। तीन महिनाको समयसीमा दिंदै उनीहरुले व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन्।
विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामामा बुझाएका हुन्। नेपाल एयरलाइन्सका निमित्त कार्यकारी निर्देशक गणेशबहादुर चन्दका अनुसार बिहीबार २५ जनाले व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन्।
राजीनामा दिने पाइलट तथा को–पाइलटहरुले काम बढी नेपालीलाई र सुविधा बढी विदेशीलाई दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।
विदेशी पाइलटले पाउने तलबको कर समेत नेपाल एयरलाइन्सले तिरिदिने गरी सुविधा दिएको छ। विदेशी पाइलटले सातामा ४६ घण्टा र नेपाली पाइलटले सातामा ९८ घण्टा काम गर्दा पनि समान ज्याला त्यसमा पनि विदेशी पाइलटको सरकारले आफैंले कर तिरिदिने गरेको पाइलटहरूको गुनासो रहेको छ।