नेपाल आयल निगमले बढायाे इन्धनको मूल्य

रिपोर्ट नेपाल | 2021 Jun 24 | 08:02 am 1977

काठमाडाैं, असार १०ः नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल तथा मटीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार, अब पेट्रोलको मूल्य प्रति लिटर १२७ रुपैयाँ र डिजेल तथा मटीतेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।

निगमले आन्तरिक उडानको हवाई इन्धनको मूल्य पनि २ रुपैयाँले वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडानको इन्धनमा भने प्रति किलोलिटर २० डलरले वृद्धि गरेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ८२ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडानको इन्धनको मूल्य ७३५ डलर पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.