‘नेपाल आइडल’ को बिहिबारको एपिसोडमा धुर्मुस र सुन्तली ‘गेस्ट’

रिपोर्ट नेपाल | 2018 Nov 28 | 06:27 pm 3325

काठमाडौं, मंसिर १२ : चर्चित रियालटी शो ‘नेपाल आइडल’ अन्तर्गत भोलि बिहिबारको ‘शो’ मा हाँस्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ अतिथिका रुपमा सहभागी हुने भएका छन् ।

नेपालकै पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज्ड टिभी रियालिटी शो ‘नेपाल आइडल’ ‘नेपाली मौलिक पहिचान, संसार चिनाउने नेपालीको शान’ नाराका साथ आयोजना भइरहेको छ ।

अघिल्लो साता लोक गीत राउण्ड प्रस्तुत गरेका ‘नेपाल आइडल’ प्रतियोगी धुर्मुस सुन्तली अतिथिको रुपमा सहभागी हुने भएपछि उत्साहित बनेका छन् ।

प्रतियोगितामा अमित बराल, अस्मिता अधिकारी,  बिक्रम बराल, पवन गिरी, रवी ओड र सुमित पाठक गरेर ६ प्रतियोगी रहेका छन् । आफूलाई मनपर्ने प्रतियोगिलाई रेस्पेक्ट एण्ड राइज नामको एप्स मार्फत भोट हाल्न सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.