काठमाडाैं, कात्तिक २३ः प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक भारत भ्रमण दलमा रहेकी नेपाली सेना, सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्माले मंगलबार भारतीय सेनाको Army Wives Welfare Association (AWWA) की अध्यक्ष श्रीमती विना नरवणेसँग सेना भवनमा शिष्टाचार भेटघाट गरेकी छिन् ।
उक्त अवसरमा उनले संघद्वारा संचालित विविध कल्याणकारी कार्यक्रम तथा गतिविधिहरुका बारेमा जानकारी लिनुको साथै संघका अन्य पदाधिकारीहरुसँग अन्तर्क्रिया समेत गरेकी थिइन् ।
यसका अलावा भारत भ्रमणको दौरान संघकी अध्यक्ष श्रीमती शर्माले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।