काठमाडौं, फागुन ५ः नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित ‘सि.सं. २८ ‘कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले बिहिबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिएका छन् । सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेलले स्वागत मन्तव्यको क्रममा यस्ता अवलोकन तथा भ्रमणमा सिकेका ज्ञान, कला र कौशलले कार्यक्षेत्रमा समेत महत्वपूर्ण सहयोग पुग्ने बताउदै जिम्मेवारी निर्वाहको क्षेत्रहरुमा नेपाली सेना लगायत अन्य सम्बद्ध निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै नागरिकको सेवा तथा सुरक्षामा कटिबछद्ध भई परिचालन हुने विश्वास व्यक्त गरे ।
उनले भविष्यमा समेत यस्ता समन्वय, सहकार्य र भ्रमण निरन्तर रुपमा संचालन हुने विश्वास व्यक्त गर्दै शिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना समेत व्यक्त गरे । सोही अवसरमा कायम मुकाय सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किरण बस्नेत तथा भ्रमणको नेतृत्व गरी आएका प्रमुख सेनानी झविन्द्र बहादुर रेश्मी मगरले एक आपसमा मायाको चिनो आदान प्रदान गरे ।
सोही अवसरमा सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले सशस्त्र प्रहरी बल, नेपालको पृष्ठभूमि, परिचालनका क्षेत्रहरु, सांगठानिक संरचना, सुरक्षा चुनौती लगायतका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत जानकारी गराउनुका साथै शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल, नेपालको बारेमा राखेको विविध जिज्ञासाहरुबारे प्रष्ट पारेका थिए । त्यसअवसरमा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीहरुको अवलोकन समेत गरेका थिए ।
सो तालिममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा बंगलादेश, पाकिस्तान, नाईजेरिया, कोरिया, लेवनान,
श्रीलंका, यूके, भारत, माल्दिभ्स र मलेसियाका गरी कुल ७२ जना शिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको थियो ।
श्रोत खुलाउन नसकिएको नेपाली रुपैयाँसहित दुई जना पक्राउ
रौतहट जिल्लाको परोहा नगरपालिका ७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ९ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ
गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कटहरिया नगरपालिका ७ बस्ने १८ वर्षीय सरोज आलम र १७ वर्षीय राजा हुसेन रहेका छन् ।भारतबाट नेपालतर्फ प्र २–०३–०११ प १६३१ नम्बरको मोटरसाईकलमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी सरमजुवाको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
चोरीपैठारीको सामानसहि एक जना पक्राउ
मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित नम्बर १ घाट ईलाकबाट सशस्त्र प्रहरीले करीव ४ लाख ८४ हजार रुपैयाँ बराबरको २६
कार्टुन पानमा प्रयोग हुने सामानसहित सप्तरी जिल्लाको तिरहुत गाउँपालिका ६ बस्ने २६ वर्षीय शेवकलाल सदालाई पक्राउ गरेको छ । भारतबाट को १ त ६६३० नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त सामानसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीले पक्राउ गरेको हो । पक्राउ परेका सदालाई बरामद सामान तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।