नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम “Ex-Balance Nail 22-5530” संचालन हुँदै

रिपोर्ट नेपाल | 2022 Aug 15 | 06:57 pm 2365

काठमाडाैं, साउन ३०ः वि.सं. २०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको Ex- Balance Nail विगत सरह नै यस वर्ष उनन्चालिसौँ संस्करण नेपाल सरकार, रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र मित्रराष्ट्र अमेरिकी सेनाको टुकडीबीच मिति २०७९ साउन ३१ गतेदेखि मिति २०७९ भदाै ३१ गते (तदनुसार 16 Aug -16 Sep 2022)  सम्म संयुक्त अभ्यास Ex-Balance Nail 22-5530 संचालन हुने भएकाे छ ।

नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त तालिम/अभ्यास Law of Armed Conflict (LOAC), Military Decision Making Process (MDMP) लगायतका विषयहरुमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्‍चालन गर्ने योजना रहेको छ ।

उक्त संयुक्त अभ्यासमा सहभागिताको लागि मित्रराष्ट्र अमेरिकी सेनाको टुकडी Captain Blake Ducatel को कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्री सहित मिति २०७९ साउन ३० गते नेपाल आईपुगेको हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.