“नेपाली सेना फोटो प्रतियोगिता-२०७९” संचालन हुने

| 2022 Nov 10 | 03:33 pm 1261

काठमाडाैं, कात्तिक २४ः नेपाली सेनाका विविध गतिविधिहरुलाई फोटोहरुको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न सहज बनाउने उद्देश्य अनुरुप नेपाली सेनाले आन्तरिक रुपमा फोटो प्रतियोगिता संचालन गर्दै आइरहेकोमा गत वर्षबाट उक्त प्रतियोगितामा गैह्र सैनिक व्यक्तिहरुलाई समेत समावेश गरी संचालन गरिएको हुँदा यस वर्ष पनि सोही अनुरुप प्रतियोगितालाई निरन्तरता प्रदान गर्दै नेपाली सेना फोटो प्रतियोगिता-२०७९ संचालन गर्न लागिएको छ ।

उक्त प्रतियोगितामा सहभागी हुनको लागि आवश्यक फोटो तथा विवरणहरु गैह्र सैनिक
व्यक्तिको हकमा मिति २०७९ मंसिर १४ गतेभित्र नेपाली सेनाको आधिकारिक वेबपेज भित्र रहेको लिङ्क ( https://photo.nepalarmy.mil.np/ ) मा अपलोड गर्नु पर्नेछ । प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्विरहरुलाई मात्र समावेश गरिनेछ ।

फोटो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोहरुलाई सैनिक तथा गैह्र सैनिक दुवैतर्फ
क्रमश: नगद रु. ५०,०००।- (पचास हजार), ३५,०००।- (पैतीस हजार) र २५,०००।- (पच्चीस हजार) एवं प्रमाण पत्र प्रदान गरिने छ भने त्यस बाहेक सैनिकतर्फका ७ र गैह्र सैनिकतर्फका २ गरी जम्मा ९ वटा थप उत्कृष्ट फोटोहरुलाई सान्त्वना पुरस्कार स्वरुप नगद रु.१०,०००।- (दश हजार) प्रदान गरिने व्यवस्था गरिएको जानकारी गराईएकाे छ ।

साथै, उक्त प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि यस निर्देशनालयको सम्पर्क नम्बर
९८४११०४९५७ मा सम्पर्क गर्न सकिने बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.