नेपाली सेनाबाट हाटबजार ट्रष्टघर हस्तान्तरण

रिपोर्ट नेपाल | 2020 Dec 08 | 03:56 pm 2231

काठमाडौं, मंसिर २३ः नेपाली सेनाको सामाजिक आर्थिक विकासका पूर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने क्रममा श्री गरुडदल गणद्वारा रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका ५ महुवारी ईलाकामा व्यवस्थित हाट बजारको लागि निर्मित ट्रष्टघर श्री नं.२२ बाहिनी अड्डाका बाहिनीपति सुदर्शन सिलवालले गाउँपालिका अध्यक्ष केशव नन्द बाँनियालाई हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, गाउँपालिका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, स्थानीय सर्बसाधारण एवम पत्रकारको उपस्थिती रहेको थियो ।

कार्यक्रमको दौरान उक्त ट्रष्टघर निर्माण कार्यमा सहयोग पुर्‍याउने मर्चवारी गाउँपालिकाका अध्यक्ष, वडा नं.५ का वडा अध्यक्ष, गाउँपालिका कार्यालय र वडा नं.५ कार्यालयलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बाँनियाले नेपाली सेनाको यस प्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत यस्तै सहयोग र सहकार्यको अपेक्षा समेत रहेको धारणा व्यक्त गरेका थिए ।

ट्रष्टघर निर्माण निर्माणबाट करिब ४ हजार स्थानीय व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाली सेना सिमित साधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पुरा गर्न सदैव प्रयत्‍नशिल रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.