नेपाली सेनाद्वारा सैनिक संग्रहालय हस्तान्तरण

| 2022 Feb 11 | 08:03 pm 1737

पाल्पा, माघ २८ः लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, तानसेन नगरपालिका वडा नं. ४ मा नेपाली सेनाद्वारा बिभिन्न ऐतिहासिक युद्ध सामाग्री, हातहतियार, पोशाक, आभुषण तथा बिभुषण र महत्वपूर्ण दस्ताबेजहरु समाबिष्ट गरी निर्माण गरेको पाल्पा दरवार सैनिक संग्रहालय मिति २०७८/१०/२७ गते पाल्पा दरवार संग्रहालयका प्रमुखलाई बिधिवत रुपमा हस्तान्तरण गरेकाे छ ।

उक्त हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, तानसेन नगरपालिका नगर प्रमुख, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, ईतिहासबिद्, समाजसेवी, प्राध्यापक तथा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । उक्त सैनिक संग्रहालयको मिति २०७८ मंसिर १४ गते प्रधानसेनापति महारथी प्रभुराम शर्माले समुद्‍घाटन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.