नेपाली सेनाद्वारा राहत सामग्री वितरण

| 2022 Jan 10 | 07:09 pm 2065

काठमाडाैं, पुस २६ः सिरहा जिल्ला, गोलबजार न.पा. वडा नं.९ र ११ मा बसोवास गर्ने गरिब तथा विपन्‍न समुदायहरुलाई लक्षित गर्दै बलकावा ईलाकामा शितलहरबाट प्रभावित अति विपन्‍न मुसहर तथा गरिबीको रेखामुनि रहेका व्यक्तिहरुलाई उक्त जिल्लामा तैनाथ नेपाली सेनाको श्री नं. २७ बाहिनी अड्‍डा तथा अन्तर्गतका युनिटहरुको आपसी समन्वय तथा सहकार्यमा मिति २०७८ पुस २५ गते खाद्यान्न, न्यानो कपडा तथा ब्ल्याङकेट वितरण गरिएको  छ ।

उक्त कार्यमा HESRA Nepal, नेपाल रेडक्रस सोसाईटी र AZIZZ Foundation Kathmandu को सहयोग तथा सहकार्य रहेको जानकारी गराइएकाे छ । त्यसैगरी, पाँचथर जिल्लामा तैनाथ नेपाली सेनाको श्री रणशेर गणद्वारा मिति २०७८ पुस २३ गते पाँचथर जिल्ला, फालेलुङ्ग गाँउपालिका, वडा नं. ५, प्राङ्गबुङ्गस्थित कालिका मा.वि. मा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका छात्र/छात्राहरुलाई जनसेवा समाज पाँचथरको संयोजकत्व एवं सशस्त्र प्रहरी बल नेपाल र स्थानीय समाजसेवीको सहयोगमा जाडोमा लगाउने न्यानो कपडा तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.