नेपाली सेनाद्वारा गाँजा तस्कर पक्राउ

| 2021 Sep 14 | 06:35 pm 3009

काठमाडाैं, भदाै २९ः नेपाली सेनाद्वारा एक जना गाँजा तस्करलाई साेमबार पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नं.३ हाँडीखोला बस्ने बर्ष २८ का बुद्ध बहादुर व्लोन लामा रहेका छन् ।

उनलाई पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्‍ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एल.आर.पि. टोलीद्वारा विशेष सूचनाको आधारमा निकुञ्‍ज कोर ईलाका, भैँसे खोलामा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा १०३.९२ किलाे गाँजासहित पक्राउ गरी पर्सा राष्ट्रिय निकुञ्‍ज प्रशासनलाई बुझाएको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.