नेपाली सेनाद्वारा उद्दार तथा राहत सामग्री ढुवानी

रिपोर्ट नेपाल | 2022 Oct 14 | 03:09 pm 2673

काठमाडाैं, असाेज २८ः विगत केही दिनदेखि परेको अविरल बर्षाका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाका विभिन्न स्थानहरुमा बाढी/पहिरो गई जनजीवन प्रभावित ईलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्दार, राहत सामग्री ढुवानी र वितरण कार्य संचालन गरेको छ ।

जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाहरुका अति विकट स्थानहरु राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरी लगायतका स्थानहरुमा पहिरोका कारण फसेका ११ जना व्यक्तिहरुको नेपाली सेनाको हवाई साधनमार्फत उद्दार गरेकाे छ ।

उक्त स्थानहरु सडक सञ्‍जालबाट निकै विकट स्थानमा रहेको र सिमित मात्रामा रहेका कच्चि सडकहरु समेत पहिरोका कारण विभिन्न स्थानहरुमा अवरुद्ध भएको हुँदा नेपाली सेनाको हवाई साधनमार्फत १४ हजार ७ सय ३५ किलाे राहत सामग्रीहरु उक्त स्थानहरुमा ढुवानी गरी पहिरो प्रभावित नागरिकहरुलाई वितरण गर्नुका साथै नेपाली सेनाद्वारा विभिन्न स्थानहरुमा अवरुद्ध रहेका सडकहरु खुलाउने तथा नेपाली सेनाको हवाई साधनद्वारा थप राहत सामग्रीहरु ढुवानी गर्ने कार्य भईरहेको जनाएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.