काठमाडौं, माघ ८ : विभिन्न व्यक्तिहरुसँग नेपाली सेनाको पूर्वजर्नेल हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा काठमाडौं भाटभटेनी–४ का ६६ वर्षीय मदनजंग शाह रहेका छन्।
शाहलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पुरानो बानेश्वरबाट आज मंगलबार पक्राउ गरेको हो। बानेश्वर प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार उनले नेपाली सेनाका पूर्वजर्नेल आदित्यबहादुर शाह परिचय दिएको बताए ।
विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बताए। उनी नेपाली सेनाका पूर्वजर्नेल हुन्की होइनन् भनेर नेपाली सेनासँग समेत अनुसन्धान गरिरहेको डिएसपी काफ्लेले जानकारी दिए।