काठमाडौं, साउन २४ : नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापाले आजबाट नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले वरीयता क्रमअनुसार थापालाई जिम्मेवारी दिन सिफारिस गरेको थियो । सोहि निर्णय अनुसार आजबाट उनले सेनाको कमण्ड सम्हाल्ने भएका हुन् ।
प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने संविधानमा व्यवस्था छ । प्रधानसेनापति राजेन्द्र क्षेत्री तीन वर्षे सेवाअवधिबाट आगामी भाद्र २४ गते अवकाश पाउँदैछन् । अवकाशको एक महिना पूर्व नै नियमित घर बिदामा बस्ने सैनिक परम्पराअनुसार क्षेत्री बिहीबारआजबाट घरबिदामा बस्दै छन् । भाद्र २४ गतेबाट प्रधानसेनापतिको पूर्ण कमाण्ड सम्हाल्नेछन् ।