नेपाली शान्ति सैनिकद्वारा मिशन कङ्गोमा निर्मित Service Road हस्तान्तरण

रिपोर्ट नेपाल | 2021 Sep 10 | 07:28 pm 2153

काठमाडाैं, भदाै २५ः MONUSCO मिशन कङ्गोमा तैनाथ श्री नं.२४ फिल्ड गुल्म (शा.से) २४ औ डफ्फाको नेपाली शान्ति सैनिकद्वारा Bunia Airport स्थित Service Road को पुन:निर्माण सम्पन्न गरी मिति २०७८।०५।२२ गते (तदनुसार 7 Sep 2021) उक्त मिशनका Force Commander, Lt. Gen. Marcos De Sa Affonso Da Costa द्वारा समुद्‍घाटन पश्‍चात Civil Aviation Authority लाई हस्तान्तरण गरिएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा Northern Sector का Sector Commander, श्री भवानीदल गण (शा.से.) २७ औं डफ्फाका गणपति, उक्त गुल्मका युनिटपति, Ituri प्रदेशका बुनिया एयरपोर्ट, Chief Air Ops, अन्य Military Contingent का अधिकृत, सकलदर्जा एवं बुनिया एयरपोर्टका सिभिल पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

उक्त Service Road को पुनःनिर्माण पश्चात बुनिया एयरपोर्टमा सवारी साधनको आवतजावतमा छिटो छरितो हुनुको साथै आपतकालीन अवस्था र उद्धार कार्य सहज हुने एवं Cross Drainage व्यवस्थापनले बाटोको आयु समेत दिर्घकालीन हुने व्यहोरा जानकारी गराईएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.