नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर, डलरको भाउ ११५ रुपैयाँ ११ पैसा

रिपोर्ट नेपाल | 2018 Sep 06 | 03:19 pm 2213

काठमाडौं, भदौ २१ :  नेपाली रुपैयाँ अहिलो सम्मको कम्जोर भएको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको हो।

अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि ११५ रुपैयाँ ११ पैसा रिफरेन्स रेट तोकेको हो। डलरको भाउ १२० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।

भारतले पेट्रोलियम पदार्थको स्टक बढाउन डलर खर्च गरिरहेकाले त्यसको असर नेपाली बजारमा देखिएको हो। भारुसँग स्थिर विनिमय दर भएका कारण त्यहाँको प्रभाव नेपाली रुपैयाँमा परेको हो।

१०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ। भारतको अर्थतन्त्रमा अलिकति तलमाथि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ। डलर बढ्दा विदेशमा काम गर्न गएका नेपालीले रेमिटेन्स पठाउँदा उनीहरुलाई बढि फाइदा हुन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.