नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बंगलादेश प्रस्थान

| 2021 Nov 05 | 07:53 am 2113

काठमाडौं, कात्तिक १९ः आईसीसी महिला टी-२० विश्वकप छनौट खेलको तयारीका लागि नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट महिला टोली बंगलादेश प्रस्थान गरेको क्यानले जनाएको छ ।

एकसाता लामो बसाइको क्रममा नेपाली राष्ट्रिय महिला टोलीले बंगलादेशमा अभ्यास स्वरुप ४ खेल खेल्नेछन् । बंगलादेश प्रस्थान गर्ने टीममा रुविना क्षेत्री सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी, संगीता राई, सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी पनि टोलीमा समेटिएका छन् । टीमको कप्तानी भने रुविना क्षेत्रीले सम्हाल्ने छिन् ।

त्यस्तै नेपाली टोलीको प्रशिक्षकमा जगत टमाटा र व्यवस्थापकमा जयन्ती भट्ट रहेका रहेका छन् । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिता आगामी मङ्सिर ३ देखि १३ गतेसम्म युनाईटेड अरब इमिरेटस् (युएई) मा हुनेछ।

उक्त प्रतियोगितामा नेपालसहित युएई, भुटान, कुवेत, हङकङ र मलेसियाले प्रतिष्पर्धा गर्ने तालिका रहेको छ । नेपालले मंसिर ६ पहिलो खेल हङ्कङसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल ७ गते भूटानसँग खेल्ने तालिका रहेको छ ।

त्यस्तैगरी तेस्रो खेल मंसिर ९ गते कुवेतसँग खेल्ने तालिका रहेको छ । चौथो खेल नेपालले मंसिर १० गते मलेसियासँग खेल्ने छ । त्यस्तै पाँचौ खेल नेपालले मंसिर १२ गते युएईसँग खेल्ने तालिका रहेको छ । प्रतियोगिताको शीर्ष टोली अर्को वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छानिनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.