नेपाली राष्ट्रिय क्रिकेट टोली चीन प्रस्थान, टोलीसँगै जान पाएनन् सन्दीप

| 2023 Sep 24 | 01:25 pm 1865

काठमाडौँ ७ असोज । चीनको हाङजाओमा जारी १९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। चीन जाने टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आज बिदाइ गरेको हो।

गत साता चोटका कारण शल्यक्रिया गरेपछि स्पिनर ललित नारायण राजवंशीले भने एसियाड गुमाएका छन्। अभ्यासका क्रममा त्रिवि क्रिकेट मैदानमा घाइते भएका ललितको स्थान सागर ढकालले लिएका छन्।

नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका लागि आजै पेसी परेका कारण सन्दीप टोलीसँगै चीन जान पाएनन्।

एसियन गेम्स खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली चीन प्रस्थान, छुटे सन्दीप तर काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै सुनुवाइ स्थगन गरेपछि उनी भोली साेमबार जाने भएका हुन्।

एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दै छ। खेल जेझियाङ क्रिकेट फिल्डमा बिहान ६:४५ बजे हुनेछ।

समूह चरणको अन्तिम खेलमा नेपालले आगामी आइतबार मालदिभ्ससँग खेल्ने तालिका छ। क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेस्ट टोलीसँग खेल्नेछ।

क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै स्थान बनाएका छन्। एसियाडमा क्रिकेटका खेलहरु १० गतेदेखि २१ गतेसम्म चल्नेछ।

नेपालको टोली :
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.