नेपाली राजनीतिलार्इ ठिक ठाउँमा ल्याउन कांग्रेस ठिक हुनुपर्नेमा जोड

| 2018 Dec 13 | 12:28 pm 2231

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस र लोकतान्त्रिक : पुनर्निमाणको मार्गचित्र’ नामक पुस्तक विमोचन गरिएको छ।

जनता प्रशारण तथा प्रकाशन लिमिटेडद्वारा प्रकाशित पुस्तक पूर्वराष्ट्रपति डा रामवरण यादवले बिहीबार एक कार्यक्रमकाबीच पुस्तक विमोचन गरेका हुन्।

पुस्तक विमोचनमा बोल्दै राष्ट्रपति रामवरण यादवले अहिले संविधानले सबैलार्इ समेट्‍न नसकेकोले समयसापेक्ष संशोधन गर्दै जानुपर्ने बताए। उनले भने, ‘संविधानलार्इ समयसापेक्ष र आवश्‍यक्ताका आधारमा संशोधन गरिनुपर्छ। यसले तरार्इका समुदायको भावनालार्इ समेट्न सकेको छैन।’

पूर्वराष्ट्रपति डा यादवले यस्तो बोले  भिडियो 

 

प्रदिप गिरीको मन्तव्य: भिडियो

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामशरण महत, प्रदिप गिरी, प्रा डा लोकराज बराल, नेपाल पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झालगायतले मन्तव्य राखेका थिए। उनीहरुले प्रजातान्त्रिक र वैज्ञानिक समाजवादको बहस अहिले नेपाली कांग्रेसले गर्नुपर्ने औंल्याएका थिए।

पुस्ताकले नेपालमा मध्यमार्ग राजनीतिको ठूलो महत्व आवश्यकता औंल्याउँदै मध्यमार्गी राजनीतिले दक्षिण र बाम उग्रतालार्इ मत्थर पार्दै मुलुकलार्इ स्थायित्व र समृद्धितिर डोर्‍याउन सक्नेमा जोड दिएको छ। प्रस्ट रुपमा भन्‍नुपर्दा सामाजिक न्याय सहितको आर्थिक वृद्धि नेपाली कांग्रेसको नीति भएकोले त्यसको प्राप्तिका लागि राष्ट्रको राजनीतिमा पार्टीको राजनीतिक स्थान र्‍याडिकल सेन्टर हुनुपर्नेमा जोड दिएका छन्।

पुस्तकमा भनिएको छ, ‘नेपाली राजनीति ठिक हुन नेपाली कांग्रेस ठिक हुन जरुरी छ। किनभने नेपाली कांग्रेस नेपालको लोकतान्त्रिकरणको मूल प्रवाह हो।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.