नेपाली बजारमा सुनको मूल्यले राख्याे नयाँ रेकर्ड

रिपोर्ट नेपाल | 2020 Jun 11 | 01:19 pm 2005

काठमाडाैं, जेठ २९ः बिहीबार नेपाली बजारकाे इतिहामा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ।  सुन प्रति तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो। त्यसैगरी तेजावी सुनको मूल्य ८९ हजार १६५ रुपैयाँ कायम गरिएको छ।

यसका साथै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलाको ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले लकडाउन लागू भएदेखि साढे दुई महिनापछि जेठ २५ गतेबाट सुन-चाँदीको कारोबार पुन: सुरु गरेको थियो।  सोही दिन सुन तोलाको ८७ हजार ४ सय र चाँदीको ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.