काठमाडौँ , पुष १३ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १३ सय रुपैयाँले घटेको हो।
बिहीबार एक लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार ३०० रुपैयाँले घटेर एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन एक हजार ३०० रुपैयाँले घटेर एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बिहीबार एक हजार ४९० रुपैयाँ तोलामा कारोबार भएको चाँदी शुक्रबार ४५ रुपैयाँले घटेर एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।