नेपाली नागरिकता लिएका ५ जना भारतीयको नागरिकता खारेज

रिपोर्ट नेपाल | 2019 Jun 27 | 05:30 pm 1623

काठमाडौं, असार १२:  झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका ५ जना भारतीयको सरकारले नागरिकता खारेज गरेको छ । खारेज हुनेमा  भारतीय नागरिक जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजयकुमार ठाकुर, यमुना सिंह र कृपाली सिंह रहेका छन् । उनीहरूले विभिन्न जिल्लाबाट लिएको नेपाली नागरिकता रद्द गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले झुटो विवरण पेस गरी लिएका भारतीयको नेपाली नागरिकता रद्द गर्ने र ती कार्यमा संलग्न व्यक्तिहरुलाई समेत कानुनी कारबाही गर्ने निर्णय बैठकले गरेको जानकारी गराए।

भारतीय नागरिक जीवनकुमारले सप्तरी जिल्ला प्रशासन कार्यालयबाट, धर्मेन्द्र र अजयले धनुषाबाट, यमुना र कृपालीले रौतहटबाट नागरिकता लिएको सरकारले विवरण सावर्जनिक गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.