नेपाली जडीबुटी मेला शुक्रबारबाट शुरु हुँने

रिपोर्ट नेपाल | 2019 Feb 28 | 12:24 pm 2654

काठमाडौँ, फागुन १६ नेपालमा पाइने विभिन्न किसिमका गुणस्तरीय जडीबुटीको दिगोरूपमा अन्तर्राष्ट्रिय बजारमा प्रोत्साहन गर्ने उद्देश्यले ‘आठौँ नेपाल हब्र्स एक्स्पो–२०१९’ शुक्रबारदेखि शुरु हुने भएको छ ।

नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले बुधबार पत्रकार सम्मेलन गरेर फागुन १७ गते शुक्रबारदेखि आइतबारसम्म काठमाडौँस्थित ठमेलको छायाँ सेन्टरमा मेला शुरु हुने जानकारी दिएको छ ।

संघका अध्यक्ष गोविन्द घिमिरेले मेलामा नेपालको हिमालदेखि तराईसम्म पाइने कृषि, जैविक उत्पादन र अन्य उत्पादनसँगै प्रविधि र गुणस्तरसम्बन्धी जडीबुटीको सचित्र जानकारी दिने ५० वटा आकर्षक कक्ष राखिने जानकारी दिए । मेलामा चार कक्ष नेपालबाहिरका उद्यमी र खरीदकर्ताको हुनेछ ।

गुणस्तरीय जडीबुटी दिगो अन्तर्रष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार भन्ने यस मेलाको मूल नारासहित आयोजना गर्न लागिएको मेलामा सम्बन्धित विभिन्न विषयमा गोष्ठी तथा अन्तरक्रियासमेत गरिनेछ ।

नेपालमा पाइने झण्डै सात हजार प्रजातिका वनस्पतिमध्ये ७ सय प्रजातिका जडीबुटी र औषधिजन्य वनस्पति पाइन्छ । जडीबुटीको व्यवसायले नेपालका करीब ८० प्रतिशत मानिसको जीविकोपार्जनमा प्रत्यक्ष सरोकार राख्ने गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.