नेपाली क्रिकेट टिमलाई भव्य स्वागत, सन्दीप युएर्इ लागे

| 2018 Oct 13 | 02:04 pm 1796

फाइल तस्बिर

काठमाडौं, असोज २७ : विश्व टी ट्वान्टी एसिया छनोट समूह बी को विजेताको रुपमा नेपालको राष्ट्रिय क्रिकेट टोली स्वेदश फर्किएको छ । मलेसियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टिम आज अपरान्ह काठमाडौंमा आईपुगेको हो ।

नेपाली टोलीलाई खेलकुद पदाधिकारी सहित समर्थकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए । छनोट चरणको अन्तिम खेल रद्व भएपछि नेट रन रेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो ।

उपाधिसंगै नेपाल विश्व टी-ट्वान्टी एसिया छनोट समूह ’बी’ को विजेताको रुपमा दोस्रो चरणको छनोटमा समेत पुगेको छ । नेपालसंगै सिंगापुर उपविजेता र मलेसिया शीर्ष तीनमा रहदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ ।

एसिया छनोटमा ७ टोलीले खेल्नेछन्। यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाईसकेको छ । एसिया छनोटबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन्।

१४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन्। अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ।

त्यहा जारी अफगानिस्तान प्रिमियर लिग एपीएलमा अनुबन्ध भएका सन्दिपले कान्धार टिमबाट खेल्नत्यसतर्फ प्रस्थान गरेका छन्। एपीएल सकिएपछि मात्रै सन्दिप नेपाल आउने म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.