नेपाली किन असुरक्षित छन् भारतमा ?

रिपोर्ट नेपाल | 2018 Aug 30 | 10:01 pm 2338

कञ्चनपुर, भदौ १४: कामको सिलसिलामा भारतको नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा आज बिहिबार भारतमा लुटिएका छन् ।

नेपाल आउने क्रममा बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर भन्ने ठाउँ नजिकै लुटिएका छन् ।

एकैसाथ बसेका युवाले आइसक्रिम किनेर खान दियो, मैले पनि खाँए पीडित तिरुवाले भने, भारतमा गएर छ महीना काम गरेर कमाएको भारतीय ४० हजार र परिवारका लागि भनेर किनेको कपडा सबै लुटेराले लुटेर लगेको छ ।

बेहोस भएरै सीमावर्ती बजार बनवासा पुगेपछि नेपालीको सहयोगमा उनी घर पुगेका छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.