नेपाली काङ्ग्रेसमा पार्टी प्रवेशको लहर

| 2022 Jan 29 | 08:29 am 1961

  • महेश सिंह

सिरहा, माघ १५ः सिरहाको लहान नगरपालिका ११ स्थित पिडरबोनीमा विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा पार्टी प्रवेश गरेका छन्।नेकपाकी नेतृ सीता चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लाल बहादुर चौधरीको नेतृत्वमा ५० जना ब्यक्तिहरुले विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन्।

No description available.

नव प्रबेशी ब्यक्तिहरुलाई काङ्ग्रेस नेता तथा समाजसेवी महेश प्रसाद चौधरीले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। चौधरी हाल नेपाली काङ्ग्रेसका सिरहा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति समेत रहेका छन्।

उक्त कार्यक्रम नेपाली काङ्ग्रेसका बुथ सभापति राम चन्द्र साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो। स्थानीय युवा नेता सुर्य नारायण चौधरीले नव प्रबेशी साथीहरुलाई स्वागत गर्दै मन्तब्य राखेका थिए। काङ्ग्रेस लहान नगरपालिकामा निकै ठुलो पार्टीको रूपमा स्थापीत हुने गरेको स्थानीयहरुले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.