नेपाली कांग्रेस पार्टीमा सभापति नै सभापति !

रिपोर्ट नेपाल | 2020 Aug 09 | 06:43 pm 2526

काठमाडौं, साउन २५ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्न थालेको छ ।

कोभिड– १९ को त्रासका कारण सदस्यको भौतिक उपस्थितिमा पार्टीका औपचारिक कार्यक्रम र भेला नभएपनि सामाजिक सञ्जाल र अन्य माध्यमबाट नेताहरूले तयारी शुरू गरेका छन् ।

कोरोनाको महामारी सामान्यमा कांग्रेसको महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ ।

पार्टीको क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधिको टुंगो नलाग्दै नेतृत्वको लागि ८ जनाको नाम चर्चामा आइसकेका छन् ।

चर्चा हुनेमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि युवा नेता गगन थापा समेतले कांग्रेसको नेतृत्वका लागि दाबी पेश गरिसकेका हुन् । यद्यपि अहिले गरिएका दाबी सभापति ताकेर पदाधिकारीमा सीट सुरक्षित गर्ने दाउ हुने विश्लेषण पनि कांग्रेसमा छ ।

त्यसैगरी महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा रामशरण महतदेखि अर्जुननरसिंह केसीसम्मले सभापतिमा उठ्ने मुख खोलिसकेका छन् ।

कांग्रेसलाई सशक्त पार्टी बनाउने एजेण्डाभन्दा पनि कमजोर नै भएपनि पार्टीको नेतृत्व हत्याउने होडबाजी कांग्रेसमा शुरू भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.