गुल्मी, चैत १९ : नेपाली काँग्रेस गुल्मीले पदम बहादुर बिस्टलाई नेपाली काँग्रेस गुल्मीको आमन्त्रित जिल्ला सदस्यमा मनोनीत गरेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडे निवासी बिस्टलाई एक कार्यक्रमका बिच आमन्त्रित जिल्ला सदस्यमा मनोनीत गरिएको नेपाली काँग्रेस गुल्मीले जनाएको हो ।
नेपालको प्रजातान्त्रिक आन्दोलन र लोकतन्त्रको संस्थागत विकासको लागी पुर्याएको योगदानका उच्च मूल्याङ्कन गर्दै बिस्टलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनीत गरिएको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
पार्टीको नियमावली २०६८ को परिच्छेद ११ को नियम ४९ बमोजिम बिस्टलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनीत गरिएको जनाइएको छ ।
विष्टको क्रियाशीलताले नेपाली काँग्रेस पार्टीलाई थप मजबुत बनाउने विश्वास लिँदै सभापति श्रेष्ठले शुभकामना तथा बधाई ज्ञापन समेत गरेका थिए ।