नेपाललार्इ चिनको २७ रनको लक्ष्य

| 2018 Oct 10 | 08:51 am 3314

काठमाडौं, असोज २४ : आईसीसी विश्व टी-२० एसिया छनोट समूह ‘बी’ अन्तर्गत नेपाल र चीनबीचको खेलमा नेपालले जितका लागि २७ रनको झिनो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चिनले १३ ओभरमा सबै विकेट गुमाउदै मात्र २६ रन बनाउन सक्यो ।

चीनका लागि होङजिङ यानले सर्वाधिक ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । नेपाली बलिङ सामु खुलेर खेल्न नसकेका चीनका सात जना ब्याट्सम्यान सुन्य रनमा आउट भएका थिए । त्यस्तै चीनका डेङजी माले ५ र चेन जिनफेङले १ रन जोडे ।

चीनलाई सस्तैमा समेट्न नेपालका लागि ललित राजवंशी, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान तीन-तीन विकेट लिए । नेपालले केही बेरमा जकाफि ब्याटिङ गर्ने छ ।

छनोटमा नेपाल ४ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ । यता, चीन भने ४ खेलमा चार हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । अष्ट्रेलियामा हुने टी-२० विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.