नेपाललाई पहिलो सफलता, दोस्रो ओभरमा सन्दीपले लिए विकेट

| 2019 Jan 31 | 03:05 pm 1653

काठमाडौं, माघ १७ :  यूएईविरुद्धको टि-२० शृंखलाको पहिलो खेलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका छन्। अस्फाकले २ रनमात्रै जोड्न सके। दुबईस्थित आइसिसी एकेडेमी ओभल मैदानमा नेपालले टि-२० अन्तर्राष्ट्रियमा आफ्ना तीन खेलाडीलाई डेब्यू गराउँदैछ।

ब्याट्सम्यानहरु रोहितकुमार पौडल र सन्दीप जोरा र तीव्र गतिका बलर अभिनाश बोहराले पहिलोपटक नेपालबाट टि-२० अन्तर्राष्ट्रिय खेल्ने भएका हुन्।

यूएईविरुद्ध तीन खेलको टि-२० शृंखलाको पहिलो खेलका लागि नेपालले ज्ञानेन्द्र मल्लको ओपनिङ साझेदारीका रुपमा प्रदिप ऐरीलाई मैदान उतार्ने भएको छ।

त्यससँगै नेपाली टोलीको सुरुवाती एघारमा कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने र बसन्त रेग्मी रहेका छन्।

यसअघि एकदिवसीय शृंखलामा ओपनिङ गरेका विनोद भण्डारीलाई भने आराम दिइएको छ। यूएईविरुद्धको तीन एकदिवसीय शृंखला नेपालले २-१ले जितेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.