काठमाडौँ १५ फागुन । टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई दोस्रो सफलता मिलेको छ। नामिबियाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले दोस्रो विकेट लिएका हुन्। । छैटौं ओभरमा नेपालले पहिला सफलता हासिल गरेको हो ।
नेपाललाई पहिलो सफलता करण केसीले दिलाएका हुन् । उनले नामिबियाका मिचेल भान लिङ्गेनलाई गुलसन झाबाट क्याच आउट गराए ।
मिचेल १९ बलमा २० रन बनाएर आउट भए । यसैगरी दोस्रो सफलता रोहित पौडेलले दिलाएका हुन् ।
उनले जेपी कोट्जेलाई विवेक यादवबाट क्याच आउट गराएका थिए । कोट्जे ९ बलमा ११ रन बनाएर आउट भएका हुन् ।