काठमाडाैं, जेठ ९ः शुक्रबार दिउँसाे नेपालमा पुनः २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । उक्त विवरणकाे जानकारी स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएको हो।
थपिएका संक्रमितहरुमा १४ जना बाँकेका, ३ जना कैलालीका, १ जना डडेल्धुरा, १ जना बैतडीका र १ जना मोरङका गरी २० जना छन्। योसँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ५ सय ७ पुगेको छ।
अहिलेसम्म काेराेना संक्रमणका कारण नेपालमा ३ जनाको मृत्यु भइसकेको छ भने ७० जना निकाे भएर घर फर्किएका छन्।