नेपालमा पहिलोपटक मोटेहरुको सौन्दर्य प्रतियोगिता हुने

रिपोर्ट नेपाल | 2019 Apr 16 | 03:14 pm 2698

काठमाडौं, वैशाख ३ : नेपालमा पहिलोपटक मोटेहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुने भएकाे छ । मोडल सङ्स नेपालले ग्लोरी मिडियासँगको सहकार्यमा ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् । १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्ष भन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान तोकिएको छ ।

आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.