नेपालमा थप ९ सय ८० जनामा काेराेना संक्रमण

रिपोर्ट नेपाल | 2020 Sep 06 | 05:10 pm 1736

काठमाडौं, भदाै २१: आइतबार देशभर ९ सय ८०  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसँगै हालसम्म नेपालमा संक्रमित हुनेहरूको कुल संख्या ४६ हजार २ सय ५७  पुगेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.