काठमाडौं, भदाै २२: सोमबार नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्थास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन्।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबा नयाँ संक्रमितकाे पुष्टि भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ।