नेपालमा थप ९ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ सय ६७

रिपोर्ट नेपाल | 2020 May 15 | 08:53 pm 2744

काठमाडाैं, जेठ २ः शुक्रबार साँझ नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  दिएकाे जानकारी अनुसार पथ भएका मध्ये काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको जनाएकाे छ ।

यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको हाे ।

यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यसैगरी उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.