काठमाडौं, भदाै १०: बुधबार देशभर पथ ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा नयाँ संक्रमित थपिएका हुन्। याेसँगै नेपालमा संक्रमितको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।
देशभरबाट पछिल्लाे २४ घण्टामा २ सय ८५ संक्रमित डिस्चार्ज भएका छन्।