नेपालमा थप ८ सय १८ जनामा काेराेना संक्रमण

रिपोर्ट नेपाल | 2020 Aug 23 | 04:43 pm 1816

काठमाडाैं, भदाै ७ः आइतबार नेपालमा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

याेसंगै नेपालमा संक्रमितको कुल संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

काठमाडौं जिल्लामा १ सय २६ जना कोरोना संक्रमित थपिएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.