नेपालमा थप ७ सय ७६ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Dec 17 | 04:52 pm 2751

काठमाडैं, पुस २ः नेपालमा थप ७ सय ७६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप भएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ६३ जना संक्रमित फेला परेका छन् । जसमा १ सय ५२ महिला र २ सय ११ पुरुष छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १८ हजार ४ सय ३५ पुगेको छ ।

योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९४ हजार ६९ जना, ललितपुरमा १३ हजार ७ सय ७३, भक्तपुरमा ८ हजार ५ सय ६९ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.