नेपालमा थप ६ सय ८ जनामा कोरोना पुष्टि

| 2020 Dec 25 | 04:40 pm 1593

काठमाडाैं, पुस १०ः नेपालमा थप ६ सय ८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगाशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । जस्मा २ सय ३७ महिला र ३ सय ७१ पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार थप भएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ७९ जना संक्रमित फेला परेका छन् । जस्मा १ सय १५ महिला र १ सय ६४ पुरुष रहेका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २० हजार ७ सय ५८ पुगेको छ । काठमाडौंमा संक्रमितको कुल संख्या ९५ हजार ८ सय ७० जना, ललितपुरमा १४ हजार ९ सय ९९, भक्तपुरमा ८ हजार ७ सय ५९ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.