नेपालमा थप ६ सय २९ जनामा कोरोना पुष्टि, कुल संक्रमित १० हजार ७ सय २८

रिपोर्ट नेपाल | 2020 Jun 24 | 05:13 pm 1715

काठमाडौं, असार १०ः पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित कोरोना अपडेटको पत्रकार सम्मेलन मार्फत उक्त विवरणको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार संक्रमित हुनेको महिलाको संख्या १ सय १० रहेको छ भने पुरुषको संख्या ५ सय १९ रहेको छ।

योसँगै देशभर संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।

बुधबार १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन्।

अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.