नेपालमा थप ६ सय १३ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Dec 24 | 05:06 pm 1561

काठमाडाैं, पुस ९ः नेपालमा थप ६ सय १३ जनामा कोरोना भाइरस  संक्रमणको पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ थप भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप भएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ४४ जना संक्रमित फेला परेका छन् । जस्मा १ सय महिला र १ सय ४४ पुरुष रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २० हजार ४ सय ७९ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.