नेपालमा थप ४ सय ८१ जनामा कोरोना पुष्टि

| 2020 Dec 27 | 04:59 pm 2013

काठमाडाैं, पुस १२ः नेपालमा थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई लाख ५८ हजार १ सय ८१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ४९ हजार ८६३ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भक्तपुरमा ६, ललितपुरमा २७ र काठमाडौंमा १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.