नेपालमा थप ४ सय ६४ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Aug 07 | 04:43 pm 2084

काठमाडौं, साउन २३ः शुक्रबार नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर रहेका प्रयोगशालामा गरिएको परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।

योसँगै नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ ।

त्यस्तै, २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.