काठमाडौं, असार ७ः आइतबार नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङ मार्फत उक्त विवरणको जानकारी दिएको हो। योसँगै नेपालमा संक्रमितको संख्या संख्या ९ हजार २६ पुगेको छ ।
आइतवार थपिएका नयाँ संक्रमितहरुमा ६४ जना महिला र ३ सय ५७ जना पुरुष रहेका छन्।
अहिलेसम्म देशभर भेटिएका ९ हजार २६ जना संक्रमितमध्ये ८ सय २० जना महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।