काठमाडाैं, कात्तिक १४ः शुक्रबार नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर रहेका बिभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।
याेसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।